Wednesday, October 7, 2026
Home समाचार विप्लव समूहका कार्यकर्ताको गोली प्रहारबाट प्रहरीको मृत्यु, विप्लवका कार्यकर्ता पनि मारिए

विप्लव समूहका कार्यकर्ताको गोली प्रहारबाट प्रहरीको मृत्यु, विप्लवका कार्यकर्ता पनि मारिए

196
सांकेतिक तस्विर

असार २५,
काठमाडौं ।विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान ८ः३० मा भोजपुर बजारको हटिया लाइन क्षेत्रमा ड्युटीमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेका हुन् । विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानिरिक्षक कार्यालयका एसपी रमेश थापाले जनाएका छन् ।

साथै एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिने नीरकुमार राई ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ । अन्य भने त्यहाँबाट भाग्न सफल भएका थिए । थापाका अनुसार त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो ।
प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।