भक्तपुरमा ठुलो संख्यामा नक्कली नोट भेटियो

754
फाइल तस्विर

भक्तपुर । नेपाल प्रहरीले भक्तपुरमा नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार सूर्यविनायक राष्ट्रिय बाणिज्य बैक नजिकै बाट सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने ३० वर्षको निर विकार प्रजापतिलाई महानगरिय प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो । प्रजापतिको साथ बाट प्रहरीले विशेष सुचनाको आधारमा नक्कली नोट १ हजार दरको १३ वटा, १३ हजार फेला पारेको छ । रंगिन फोटोकपी गरेको जस्तो देखिने नोट बरामद भएको प्रहरीको भनाई छ । प्रजापतिलाई प्रहरी वृत जगातिको नियन्त्रण लिएर अवश्यक अनुसन्धान भईरहेको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।