२९ हजार घुससहित इन्जिनियर र नायव सुब्बा पक्राउ

182
सांकेतिक तस्विर

असार २४,
बारा । बाराको पचरौता नगरपालिकाका २ जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिकाका इन्जिनिय रायप्रकाश सतरा र नायब सुब्बा बद्रीबहादुर थापा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हटौंडास्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घुससहित पक्राउ परेको हो ।

अख्तियारका अनुसार इन्जिनियर सतराले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भएको प्रतिवेदनमा हस्ताक्षर गर्नका लागि ठेकेदार कम्पनीबाट १५ हजार रुपैयाँ घुस लिएका थिए । यस्तै नासु थापाले भने महिला सशक्तिकरण अन्तर्गतको बजेटमा कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न १४ हजार रुपैयाँ घुस लिएका थिए ।