आजबाट पितृपक्ष सोह्रश्राद्ध सुरु

147

असोज ९,
काठमाडौं । यो वर्ष २०७५ सालमा सोह्रश्राद्ध २०७५आष्विन ९ गते बिहान ७ बजेर ४२ मिनेटबाट सुरु भई २०७५ साल आष्विन २३ गते ९ बजेर १३ मिनेट सम्म सोह्रश्राद्ध परेकोछ । आष्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापुर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । तिथिको आधारमा पर्ने हुनाले प्रत्यक वर्ष सोह्रश्राद्ध सुरु हुने समय फरक हुन्छ । अहिलेको समयमा प्रायजसो मानिसहरुले भन्ने गर्दछन् जिबित हुँदा हामिले बुबा आमालाई खान दिईहाल्यो मरेपछि किन दिने भन्दछन् । जसले जिवित आमा बुवाको राम्रो सँग पालन पोषण गरेन उसले परेपछि पनि केहि गर्दैन तर जसले जीवीत हुँदानै खानदियो लाउँन दियो र सोधिखोजि गर्यौ भने उसले पक्कैपनि मरेपछि पनि आमा बुवाको तिथिमा उसले श्राद्ध गर्दछ । आमा बुवा मरेपछि के दिने त भन्दा पिण्ड तथा जल दिने हो पिण्ड भनेको अन्न हो र जल भनेको पानि हो ।

आफ्ना आमा बुबाको तिथिमा श्राद्ध गरेर हाम्रो शरिरमा भएको बिभिन्न चक्रहरु बिषेशगरि हृदय चक्रलाई उजागर गरि फल प्राप्त गरिरहेको हुँन्छौ । हामिले आमा बुबा मरेको तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल बर्सभरिनै पित्रृहरुले प्राप्त र्दछन् भन्ने शाष्त्रिय मान्यता रहेकोछ । सोह्रश्रादको समयमा आफ्ना आफ्ना पित्रृहरु घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेकोछ । एउटा शाश्त्रिय भनाई के रहेको छ भने गएको कुषे औषिबाटनै पित्रृहरु घर वरपर आएर मेरा छोराहरुले तर्पण दिन्छन् दिदैनन्,जल दिन्छन् दिदैनन्, पिण्ड दिन्छन् दिदैनन् भनेर बसिरहेका हुँन्छन् ।