Sunday, September 27, 2026
Home समाचार पुनःस्थापनाकर्मीहरुलाई धम्क्याउन थालेपछि हनुमानढोकाका जगन्नाथ र गोपीनाथ मन्दिर पुनःस्थापनाको काम युनेस्कोले फिर्ता...

पुनःस्थापनाकर्मीहरुलाई धम्क्याउन थालेपछि हनुमानढोकाका जगन्नाथ र गोपीनाथ मन्दिर पुनःस्थापनाको काम युनेस्कोले फिर्ता लियो

202

असार २४,
काठमाडौं । हनुमानढोका दरवारक्षेत्रमा अवस्थित जगन्नाथ र गोपीनाथ मन्दिर पुनःस्थापना कार्य युनेस्कोले फिर्ता लिएको छ । कार्यस्थलमा काम गर्ने पुनःस्थापनाकर्मीहरुलाई धम्क्याउन थालिएपछि पुनःस्थापना कार्य बन्द गर्नु परेको युनेस्कोको भनाई छ । नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिश्चियन म्यानहार्टले भनेका छन्, ‘भूकम्पपश्चात नेपालका निर्मित सम्पदाहरुलाई संरक्षणका अन्तर्राष्ट्रिय सिद्धान्त एवं मापदण्ड अनुसार पुनःस्थापना गर्ने कार्यमा सरकारलाई सघाउने विस्तृत कार्यको एउटा हिस्साका रूपमा काठमाडौं उपत्यका विश्वसम्पदा स्थलभित्र सञ्चालित यी दुई महत्वपूर्ण मन्दिरहरूको पुनःस्थापना परियोजनाबाट पछि हट्नु पर्दा युनेस्को काठमाडौं कार्यालय अत्यन्तै दुःखी छ ।’

युनेस्कोले उक्त पुनःस्थापना कार्य पुरातत्व विभागको निकट साझेदारीमा जापान सरकार र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको आर्थिक सहयोगमा सञ्चालन गर्दै आएको थियो । पुनःस्थापना कार्यको शुरूवात १० डिसेम्वर २०१८ मा भएको थियो । यद्यपि अन्तर्राष्ट्रिय सहायताको सट्टा आफ्नै स्थानीय आर्थिक स्रोतमा मन्दिरहरू पुनःस्थापना गर्ने केही स्थानीय समुदायहरूको इच्छालाई दर्शाउँदै दबाव दिइएपछि २३ डिसेम्वरमा उक्त पुनःस्थापना कार्य रोकिएको थियो । युनेस्कोले पुनःस्थापना कार्यसँग सम्बन्धित सबै कागजपत्रहरू पुरातत्व विभागलाई हस्तान्तरणसमेत गरिसकेको छ ।