प्रहरी हिरासतबाट तीन थुनुवा भागे, चार प्रहरीमाथि निलम्बन प्रक्रिया सुरु

159

असार २४,
काठमाडौं । ललितपुरको भैँसपाटी प्रहरी प्रभागबाट हिरासतको ग्रिल उप्काएर तीन थुनुवा भागेका छन् । सोमबार राति चोरी–डकैती मुद्दाका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका हुन् । फरार अभियुक्तको परिचय खुलाइएको छैन् ।ललितपुर प्रहरीका अनुसार ग्रिल उप्काएर भागेका अभियुक्तहरुको खोजी भइरहेको छ । ललितपुर परिसर जावलाखेलमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो ।

थुनुवा भगाउन सहयोग गरेको आरोपमा भैंसेपाटी प्रभागमा रहेका डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बनको प्रक्रिया थालिएको एसएसपी धानुकले बताए । उनीहरुलाई निलम्बन गर्न लागिएको परिसरले जनाएको छ ।