सरकारले पठाएका ९० कर्मचारी फिर्ता

48

भुवन शर्मा (अन्नपूर्ण पोष्ट)

असार २२, काठमाडौं । संघीय सरकारले पठाएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएका छन् । फिर्ता पठाएका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघीय मन्त्रालय अझै टुंगोमा पुगेको छैन । संघीय मन्त्रालयका प्रवक्ता भुपाल बरालले संघीय सरकारले समायोजन गरी स्थानीय तहमा पठाइएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएको बताउँदै त्यस्तो कर्मचारीको विषयमा मन्त्रालय टुंगोमा नपुगेको बताए ।
म्गपपब ज्गलगक

सुरुमा करिब ३० जना कर्मचारीलाई फिर्ता पठाइएको थियो । त्यसपछि यो संख्या बढेर ९० पुगेको हो । समायोजन गरी पठाएका कर्मचारीलाई हाजिरी गराउन संघीय मन्त्रालयले स्थानीय तहलाई ताकेता गरिरहेको छ । संघीय मन्त्राधकारीहरूले कर्मचारी फिर्ता पठाउने स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल पनि गरे । तर कर्मचारी फिर्ता पठाउने स्थानीय तहका पदाधिकारीहरू आफ्नो अडानबाट पछि हटेका छैनन् । ‘फिर्ता पठाएका केही स्थानीय तहका पदाधिकारीहरूसँग हामीले छलफल पनि ग¥यौ । उहाँहरूले आफ्नो समस्या देखाउनु हुन्छ,’ बरालले भने।