Saturday, September 19, 2026
Home अपराध किशोरीमाथि बलात्कार

किशोरीमाथि बलात्कार

307

चैत ९,
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् ।सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे । आठराईमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चालक खड्काले पसलबाट घर फर्किदै गरेकी किशोरीलाई ट्यांकरमा घर पु¥याइदिने आश्वसन दिएर मंगलबार साँझ बलात्कार गरेको भन्दै पीडितका परिवारले संक्रान्तिबजार इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका प्रमुख डम्बर पुरीले बताउनुभयो ।

ट्यांकर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइररहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि तेह्रथुम जिल्ला अस्पताल पठाइएको जनाइएको छ । रासस