कोरियन भाषा परीक्षा पास भएका परीक्षार्थीको सीप परीक्षण भदौमा हुने

245

असार १८,
काठमाडौं । सन् २०२० का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका श्रमिक (परीक्षार्थी)को सीप परीक्षण आगामी भदौ महिनामा हुने भएको छ । उनीहरुको सीप परीक्षा भदौ ४ देखि १८ गतेसम्म हुने भएको छ । कोरियन भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरीसक्नुपर्ने वैदेशिक रोजगार इपीएस शाखा कार्यलयले जानकारी दिएको छ । शाखाले कोरियाको मानव शंसाधन कन्द्रले पठाएको सूचनाका आधारमा सूचना प्रकाशित गदै सन् २०२० का लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई जानकारी गराएको छ ।

सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना उत्तीर्ण भएका थिए । वैदेशिक रोजगार ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रका लागि परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । उक्त भाषा परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य सहभागी हुनुपर्ने भएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । भाषा परीक्षा पास भएकाले सय अंकको सीप परीक्षा अनिवार्य दिनुपर्ने भएको छ । सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने शाखाले जनाएको छ । आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले वर्ष उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जनाका लागि कोटा छुट्याए पनि निर्धारण गरेको कोटा भन्दा २ हजार बढीको नाम प्रकाशित गरेको थियो ।