प्रेमीसँग मिलेर छोरीले गरिन् आमाको घाँटी रेटेर हत्या

95
सांकेतिक तस्विर

असार १६
काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हत्यामा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरुमा मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार, मोहम्मद रहिश र मृतक सावित्रीकी छोरी ईश्वरी भट्टराई रहेका छन् । प्रहरी अनुसन्धानमा सावित्रीको हत्या उनकी छोरीले प्रेमीको सहयोगमा योजनाबद्ध ढङ्गले हत्या गरेको खुलेको छ । हत्यामा संलग्न भट्टराईका प्रेमी मोहम्मद नौसादलाई प्रहरीले आइतबार राती धादिङको गजुरीबाट पक्राउ गरेको हो ।

हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी भक्तपुरमा आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् । श्रीमान्ले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।

‘छोरी र उनको प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यो बाहिर आउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ अपराध महाशाखाले जनाएको छ ।

ईश्वरीले प्रेमी नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमति गरेका थिए । सहमतिपछि प्रेमी मोहम्मद र अर्जुन कुमार मिलेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाइ हत्या गरेको खुलेका महाशाखाले जनाएको छ ।