Sunday, September 20, 2026
Home शिक्षा यसरी हेर्नुहोस् एसईईको नतिजा नेपाल टेलिकमबाट

यसरी हेर्नुहोस् एसईईको नतिजा नेपाल टेलिकमबाट

398

असार १२,
काठमाडौँ । नेपाल टेलिकमले २०७५ सालको एसईई परीक्षाको नतिजा हेर्न सकिने सुविधा दिने भएको छ। टेलिकमका विभिन्न सेवाबाट नतिजा हेर्न सकिने कम्पनीले जानकारी दिएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट SEE पछि संकेत नम्बर (Symbol Number) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।

जस्तै: seesymbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि SEE को नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो Symbol Number थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।