असार ११,
काठमाडौँ । डिप्रेसन एक मानसिक रोग हो । डिप्रेसन भएमा नकारात्मक सोच पलाउने, दिक्दारीपना बढ्ने, निराश हुने, केही गर्न सक्दिनँ भन्ने धारणा पलाउने र मृत्यु प्रिय लाग्नेजस्ता समस्या देखिन्छन् । पछिल्लो समय युवामा डिप्रेसनको समस्या बढ्दो छ । हाल नेपालमा करिब २० प्रतिशत युवामा कुनै न कुनै किसिमको डिप्रेसन रहेको अनुमान छ ।
– समाजमा मानसिक स्वास्थ्यप्रति गलत धारणा हुनु, स्वास्थ्यबारे जानकारीको अभाव, गरिबी आदि कारण मानसिक रोगलाई बेवास्ता गरिन्छ । यसले गर्दा उनीहरूमा डिप्रेसन बढ्दै जान्छ । डिप्रेसनका विभिन्न लक्षण देखापर्छन् । रोग थप बढ्न नदिन लक्षण देखापर्नासाथ मनोविद् तथा मनोचिकित्सकको सल्लाह लिन सकेमा पछि आउने समस्याबाट बच्न सकिन्छ ।
-जोसुकैलाई डिप्रेसन हुन सक्ने भएता पनि विशेषगरी युवा वर्ग यसबाट तुलनात्मक रूपमा बढी पीडित भएको पाइन्छ । उदास हुने, रुने, जुनसुकै विषयमा पनि चिन्ता व्यक्त गर्नेजस्ता लक्षण अधिकांशमा देखिन्छ ।
-बिस्तारै भोक कम लाग्ने, खान मन नलाग्ने हुनुका साथै बिस्तारै तौल घट्दै जान्छ ।
– बच्चामा मनपर्ने गतिविधिमा बिस्तारै सुस्तता आउन थाल्छ । उनीहरूले रुचिका कुरा गर्न छाड्छन् । व्यवहारमा दिन–प्रतिदिन परिवर्तन आउने गर्छ । शारीरिक रूपमा समेत कमजोर हुँदै जान्छन् । कुनै एक ठाउँमा ध्यान केन्द्रित गर्न सक्दैनन् ।
– मुडमा एक्कासि परिवर्तन देखापर्छ । आपराधिक गतिविधिमा संग्लन हुने, असहाय र एक्लोपन महसुस हुने हुन्छ । कतिपयमा आत्महत्याको भावनासमेत
पलाउँछ ।
-लसाथी सर्कल र पारिवारिक भिडभाडबाट टाढा बस्न रुचाउँछन् । जसले गर्दा उनीहरूका सम्बन्ध बिग्रँदै जान्छन् ।
-बालबालिका तथा युवामा यस्ता लक्षण देखापरेमा तुरुन्त चिकित्सकको सम्पर्कमा लैजानुपर्छ ।