प्रत्येक सातजनामा एकजना नेपालीको मात्रै जीवन बिमा

71

नयाँ पत्रिका दैनिक/मुना कुँवर
माघ १७, काठमाडौं । प्रत्येक सातजनामा एकजनाले मात्रै जीवन बिमा गरेको तथ्यांकले देखाएको छ । बिमा समितिले गरेको पछिल्लो अध्ययनअनुसार आर्थिक वर्ष ०७र७५ अवधिसम्ममा जीवन बिमा कम्पनीहरूले ४३ लाख ४३ हजार ५ सय ३५ बिमालेख जारी गरेका छन् । यो कुल जनसंख्याको करिब १५ प्रतिशत अर्थात् ९६ दशमलव ६६ मा एक०मा एक जनाबराबर हो । केन्द्रीय तथ्यांक विभागको अनुमानअनुसार गत असारमा २ करोड ९२ लाख ९१ हजार ७ सय ४६ छ । कुल जारी बिमालेखमध्ये ५ प्रतिशत दोहोरिएको हुन सक्ने अनुमानका आधारमा बिमा समितिले त्यसलाई घटाएर बिमाको पहुँचसम्बन्धी तथ्यांक निकालेको हो ।

समितिको तथ्यांकअनुसार वैदेशिक रोजगार बिमासमेत जोड्दा गत असार मसान्तसम्म कुल ४९ लाख ९१ हजार ६ सय १९ वटा बिमालेख जारी भएका छन् । यस हिसाबले भने जनसंख्याको १७ प्रतिशतमा बिमाको पहुँच पुगेको छ । त्यसवेलासम्म वैदेशिक रोजगार बिमालेखको संख्या ६ लाख ४८ हजार ८४ छ । बिमाको पहुँच गत आव ०७३र७४ मा ११ प्रतिशत थियो भने आव ०७२र७३ मा १० प्रतिशत रहेको थियो । यो नेपालमा सञ्चालित जीवन बिमा कम्पनीमध्ये १९ वटा जीवन बिमा कम्पनीले जारी गरेका सबै खालका बिमा योजनाको संख्या हो ।

जीवन बिमाको १२ प्रतिशत वैदेशिक रोजगार बिमा
गत आवको अन्त्यसम्ममा जीवन बिमा कम्पनीहरूले ६ लाख ४९ हजार ८४ वैदेशिक रोजगार बिमालेख जारी गरेका छन् । कम्पनीहरूले जारी गरेका कुल बिमालेखमध्ये वैदेशिक रोजगार बिमाको हिस्सा करिब १२ प्रतिशत हो । आव ०७३र७४ मा ६ लाख ४४ हजार १ सय ३ वटा वैदेशिक बिमालेख जारी भएको छ भने आव ०७२र७३ मा ९ लाख ३३ हजार ८ सय ७१ वटा बिमालेख जारी भएको तथ्यांकमा उल्लेख छ ।

५ प्रतिशत बिमालेख दोहोरिएको अनुमान
मानिसले एकभन्दा बढी बिमालेख पनि खरिद गर्ने भएकाले करिब ५ प्रतिशत बिमालेख दोहोरिएको हुन सक्ने समितिले अनुमान गरेको छ । समितिको तथ्यांकअनुसार गत आव ०७४र७५ मा यो संख्या २ लाख २८ हजार ६ सय सातवटा बिमालेख दोहोरिएका छन् । त्यस्तै, आव ०७३र७४ मा १ लाख ७८ हजार ४ सय १० र आव ०७२र७३ मा १ लाख ६२ हजार ४ सय ९४ वटा बिमालेख दोहोरिएको अनुमान गरिएको छ ।

कम्पनीले काम गर्न थालेका छन्
राजुरमण पौडेल, निमित्त कार्यकारी निर्देशक, बिमा समिति,
अहिले बिमाको पहुँच बढ्नुका धेरै कारण छन् । जस्तै, अभिकर्ताको हडताल बन्द हुनु । केही समयअगाडि अभिकर्ता आन्दोलनमा थिए । लामो समयसम्म हडतालमा रहँदा धेरै व्यवसाय विस्तार हुन पाएन । तर, अघिल्लो वर्ष समितिमा नयाँ अध्यक्ष नियुक्त भएपछि अभिकर्तासँग सहमति भयो । त्यसपछि उनीहरू दु्रत गतिमा काम गर्न थाले ।

त्यसैगरी, नयाँ कम्पनी थपिएपछि सुषुप्त अवस्थामा रहेका पुराना कम्पनीले काम गर्न थाले । प्रतिस्पर्धा बढ्यो । कम्पनीहरूले विभिन्न स्थानमा शाखा विस्तार गर्न थाले जसले बिमा व्यवसाय बढ्नमा सहयोग पुगेको छ । त्यसैगरी, बिमा समिति आफैँले पनि विभिन्न स्थानीय निकायमा गएर अन्तक्र्रिया गर्न थालेका छन् । यसले बिमा चेतना बढेको हामीले महसुस गरेका छौँ ।

यो प्राकृतिक प्रक्रिया हो
रवीन्द्र घिमिरे, बिमाविज्ञ
जीवन बिमा कम्पनीको संख्या बढेकै कारण पनि बिमाको पहुँच बढेको हो । कारण त्यति मात्रै होइन, समयक्रमसँगै व्यवसाय आफैँ वृद्धि हुँदै जान्छ । यो प्राकृतिक प्रक्रिया हो । यसलाई कसैले रोक्न सक्दैन । अघिल्लो वर्षभन्दा गत वर्ष, गत वर्षभन्दा यो वर्ष र यो वर्षभन्दा अर्को वर्ष व्यवसाय र पहुँच बढ्दै जान्छ । तर, पहुँच बढ्नु मात्रै ठूलो कुरा होइन । बिमा शुल्क पनि बढ्नुपर्छ । जोखिम सुरक्षणको परिमाण पनि बढ्नुपर्छ ।

आर्थिक गतिविधिले बिमाको दायरा बढ्यो
भरत बस्नेत, सिइओ, एनएलआइसी
बिमा व्यवसायमा वृद्धि भएको प्रस्ट देखिन्छ । बजारमा देखिएको चहलपहलले नै बिमाको दायरा बढेको अनुमान गर्न सकिन्छ । नयाँ कम्पनीहरू आएपछि प्रतिस्पर्धा बढेको छ । त्यस्तै, बिमासम्बन्धी चेतना पनि बढेको छ । मुलुकको आर्थिक गतिविधि बढेकाले पनि बिमाको दायरा बढेको स्पष्ट देख्न सकिन्छ ।