२४ घण्टा सबै विदेशी टेलिभिजन च्यानलहरु बन्द

140
tv no signal. rgb static screen. 4k, full hd resolutions. vector

असार ९,

काठमाडौं । देशैभरी सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द भएका छन् । प्रस्तावित टेलिभिजन विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन च्यान प्रदायक कम्पनीहरु आन्दोलनमा उत्रदै २४ घण्टाका लागि सबै विदेशी च्यानहरु बन्द गराएका हुन् । विदेशी विज्ञापन सहित आउने विदेशी च्यानल सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि बन्द गरिएको छ । प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानलहरु क्लिन फिड हुनुपर्ने प्रावधान अनुसारको व्यवस्था लागू गर्दा हुन आउने परिस्थितिको बारेमा ग्राहकलाई जानकारी गराउन विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गरिएको इन्टरनेट तथा टि।भी। समन्वय समिति र नेपाल केवल महासंघले जनाएका छन् ।

सरकारले राष्ट्रियसभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टिभी व्यवसायीहरु आन्दोलित भएका हुन् । यसअघि नै केवल टिभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका थिए ।