Thursday, September 24, 2026
Home समाचार कार दुर्घटनामाः एकै परिवारका दुई जनाको मृत्यु

कार दुर्घटनामाः एकै परिवारका दुई जनाको मृत्यु

91
सांकेतिक तस्विर

असार १०,
काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थित कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राति करिब १२ बजे खोटाङको हलेसी महादेवको दर्शन गरी काठमाडौं फर्कदै गरेका काठमाडौं महानगरपालिका–२१ नयाँ बारेश्वरका एकै परिवारका ४६ वर्षीया हेमा लामिछाने र ५७ वर्षीय अच्युत लामिछानेको मृत्यु भएको हो ।
बा १ च नम्बरको कार सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनमा परी काठमाडौं–२१ कै २२ वर्षीया आस्था लामिछाने घाइते भएकी छिन। उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। दुर्घटनामा कार चलाउने ५८ वर्षीय दिपक लामिछाने सामान्य घाइते भएका छन्।