नेप्सेमा ५ अंकको बृद्धि

80

असार ५,
काठमाडौँ । साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ५।९० अंकले बढेर १,२६४।३६ अंकमा कायम भएको छ । फाइनान्स, निर्जीवन बीमा समुह र उत्पादनमुलक बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै १३ अंकले माइक्रोफाइनान्स समुह बढेको छ । दिनभरिमा १ सय ७१ वटा कम्पनीको १३ लाख ७५ हजार ५ सय ४१ कित्ता शेयर ५ हजार ३ सय ४२ पटक खरिदविक्री हुँदा ३७ करोड ५३ लाख १५ हजार २ सय ४ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम् सिमेन्टको ३ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी, एनसीसी बैंक र नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । प्रभस बैंक, मेगा बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंक प्रोमोटर शेयरको १ करोडमाथिको कारोबार भएको छ । अपर तामाकोशी र मुक्तिनाथ विकास बैंकको ९० लाखभन्दा बढीको कारोबार भएको छ । गुराँस लघुवित्त र मल्टिपर्पोज फाइनान्सका लागनीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।