ग्रीनल्यान्ड र आर्कटिक क्षेत्रमा अपेक्षाकृत गर्मी, हिउँ पग्लिएपछि वैज्ञानिकहरू चिन्तित

200

एजेन्सी, असार ४,
काठमाडौँ । पृथ्वीको तापक्रम बढ्दै गएपछि वैज्ञानिकहरू चिन्तित बनेका छन् । हिउँ पग्लिरहेका अनेकौं तस्वीरले प्रकृतिमाथि मानिसको अत्याचारको करुण कथा बताउँछन् । ग्रीनल्यान्डमा डेनमार्कका वैज्ञानिक स्टिफन ओल्सनले १३ जुनमा खिचेको एउटा तस्वीरमा कुकुरहरूले जलाशयमा स्लेज तानेको देखिन्छ । ओल्सनका अनुसार, यो जलाशयमा कुनै बेलामा १.२ मिटर बाक्लो हिउँ जम्थ्यो ।

ओल्सनले खिचेको फोटो ग्रीनल्यान्डको इंगलफील्ड ब्रेडनिङ फियोर्डबाट लिइएको हो । चिरिएका समुद्र तटलाई फियोर्ड भनिन्छ । स्क्यान्डिनेभियन देशहरू नर्वे र स्विडेनमा यस्ता समुद्री तट हुन्छन् । डेनिश मेट्रोलोजिकल इन्स्टिच्युट (डीएमआई) मा ओल्सनका सहयोगी रास्मुस टोनबोले ग्रीनल्यान्डमा हिउँको सतह र समुद्री हिउँ तीव्र गतिमा पग्लिरहेको बताए । हिउँ पग्लिँदा पहाडमा जलाशय बनिरहेको उनको भनाइ छ ।

मौसम वैज्ञानिक रुथ मोट्रमका अनुसार, यसै वर्ष कसैले ग्रीनल्यान्डमा अभियान चलाउने हो भने उपकरण सहित आउनु ठीक हुन्छ । स्लेज पनि ल्याए हुन्छ । समुद्री हिउँमा टन्नै पानी छ । जाडोमा यहाँको हिउँ एकदमै ठोस हुन्छ । तर यसपालि जुन महिनामा ग्रीनल्यान्ड र आर्कटिक क्षेत्रमा अपेक्षाकृत गर्मी देखियो । त्यसैले गर्दा दक्षिणमा लू चलिरहेको छ ।’

उनले थपिन्, ‘हिमनदीमा हिउँ पग्लिरहेको छ । डीएमआई नजिक कानाक विमानस्थलमा अघिल्लो बुधवार १७.३ डिग्री सेल्सियस र बिहीवार १५ डिग्री सेल्सियस तापक्रम थियो । उत्तर ग्रीनल्यान्डमा यो सबभन्दा बढी तापक्रम हो ।’ ‘जुन वा जुलाईमा हिउँ पग्लिने घटना प्रायः हुँदैन । तर यसलाई पृथ्वी तातेको परिणाम हो भन्नु हतारो हुनेछ किनकि यहाँ मौसममा उतारचढाव आइरहन्छ । ग्रीनल्यान्डमा अहिले पनि धेरै दिन कठ्यांग्रिनृ जाडो हुन्छ ।’