नेटवर्किङमा फसाइँदै सयौं युवा, भारतमा रहेको कम्पनीले नेपालमा ठग्दै

302

कान्तिपुर दैनिक
असार ४, भैरहवा — रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्‍याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र उक्त कम्पनीमा पुर्‍याएर अरूलाई सदस्य बनाउने । दुर्गासिंह भने गोरखपुरको कुडाघाटस्थित भारतीय सेनाको क्याम्पमा भर्ती हुन जाँदा असफल भएपछि एक नेपालीकै प्रलोभनमा परेर उक्त कम्पनीमा पुगेका थिए । दुर्गा पनि ८ हजार भारु तिरी एक साताको तालिम लिएपछि २० हजार भारुको औषधि किनेर गत पुसमा कम्पनीको सदस्य बनेका थिए ।