आयल निगमको झापास्थित परियोजनाहरु निर्माण कार्य तीव्र

395

मंसिर १९,
काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष ०७६/७७ को नीति तथा नेपाल आयल निगमको कार्यक्रमले निर्दिष्ट गरेको सिलिगुरी–झापा पेट्रोलियम पाईपलाईन परियोजना काम अगाडी बढेको छ । त्यसैगरि एल।पी।जी भण्डारणका साथै बोटलिङ प्लाण्ट निर्माण गर्न प्रदेश नंं। १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण परियोजनाकोे कार्य सुरु भएको छ । यस अन्तर्गत नेपाल आयल निगमको झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुरीबाट झापा पाईपलाईन जोड्ने परियोजनाको खाका तयार भईसकेको समेत कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।

पाईपलाईन सर्भे कार्य नेपाल आयल निगम तथा भारतीय आयल कर्पोरेसनबाट संयुक्त रुपमा सम्पन्न भईसकेको छ । संयुक्त सर्भे टोलीले पहिचान गरेका स्टकमध्ये उपयुक्त रुटको एकिन गर्ने कार्य निगमको प्राविधिक टोलीले सम्पन्न गरेको छ । सोही लागतमा निर्माण हुने करिब ४ हजार मेट्रिक टनको एल।पी। ग्याँस भण्डारण तथा एल।पी।ग्याँस बोटलिङ प्लाण्ट निर्माण गर्न अन्तर्राट्रिय परामर्शदाता नियुक्त भईसकेको र सो परामर्शदाताबाट कार्य सुरु भईसकेको निगमले जानकारी दिएको छ ।

भद्रपुर बिमानस्थलमा निगमको लागि रिफ्युलिङ सेवा वैज्ञानिक र प्रभावकारी बनाउन नसक्दा, भईरहेको असहजतालाई निवारण गर्न निगमकोे साना एभिएसन परियोजना अन्तर्गत अत्याधुनिक प्रविधियूक्त ६० हजार लिटर क्षमताको दुई वटा भण्डारणयुक्त ट्याङ्क मार्फत रिफ्युलिङ गर्ने पद्धतिको निर्माण कार्य सुरु भएको निगमका प्रवक्ता विनित मणी उपाध्यायलले जानकारी दिएका छन् ।

विहिबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले झापा जिल्लामा रहेको नेपाल आयल निगमका विभिन्न परियोजनाहरुको अनुगमन तथा अवलोकल गरेको छ ।
समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सदस्यहरु भिमसेनदास प्रधान, मायादेवी न्यौपाने र अमृता देवी अग्रहरीसहितको टोलीले परियोजना सम्बन्धी जानकारी समेत लिएको छ । संसदीय समितिको टोलीले समयमै तोकिएका कार्यहरु सम्पन्न गर्न निर्देशन समेत दिएको छ । सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेल, निगमका अन्य पदाधिकारीहरुलगायतको उपस्थिती रहेको थियो ।