फिफा वरियतामा नेपाल ४ स्थान तल झर्‍यो

71

जेठ ३१,
काठमाडौँ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपालको अवस्था खस्किएको छ। फिफाले शुक्रबार सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपाल अघिल्लो महिनाभन्दा ४ स्थान तल झरेको हो। यसअघि १ सय ६१औँ स्थानमा रहेको नेपाल नयाँ वरियताअनुसार नेपाल १ सय ६५ औँ स्थानमा रहेको छ। दक्षिण एशियामा सबैभन्दा अगाडि रहेको भारत १ सय १ स्थानमा यथावत छ।

थाइल्यान्ड दुई स्थान तल १ सय १६ मा रहँदा अफगानिस्तान १ सय ४९, माल्दिभ्स १ सय ५१ औं स्थानमा यथावत छन्। नेपालभन्दा पछाडि रहेको बंगलादेशले ५ स्थान सुधार गरेको छ। बंगलादेश १ सय ८३, भूटान १ सय ८६, श्रीलंका २ सय १, पाकिस्तान २ सय पाँचौ स्थानमा छन्। फिफाको वरियतामा बेल्जियम, फ्रान्स, ब्राजिल र इंग्ल्यान्ड क्रमशः पहिलोदेखि चौथो स्थानमा यथावत रहेका छन्। यसपटक पोर्चुगलले दुई स्थान सुधार गर्दै पाँचौ स्थान हासिल गरेको छ।