नाना पाटेकरले क्लिन चिट पाएपछि तनुश्रीले भनिन् ‘कानुनको भरोसा नगर्नु’

133

एजेन्सी,जेठ ३१,
काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरले तनुश्री दत्ताको केसमा क्लिन चिट पाएका छन् । तनुश्रीले मिटु मोमेन्ट मार्फत पुरानो कुरालाई लिएर नाना पाटेकर विरुद्ध यौन शोषणको आरोप लगाएकी थिइन् । नाना पाटेकर विरुद्ध कुनै पनि प्रमाण नभटेपछि पुलिसले ‘बी समरी’ रिपोर्ट जारी गरेको छ । नाना पाटेकरले क्लिन चिट पाएपछि तनुश्रीले आक्रोष पोखेकी छिन् । उनले भनिन्, ‘यदि तपाईहरु शोषण गर्नेलाई सजाय दिन चाहनुहुन्छ भने उसको नाम सामाजिक सञ्जालमा सार्वजनिक गर्नुस् । एफआइआर दर्ज गरेर केहि फाइदा छैन ।’

तनुश्रीले यो केसबाट कानुनमा भरोसा नगर्नको लागि सुझाएकी छिन् । उनले भनिन्, ‘कानुनको भरोसा गर्नु बेकार छ । यसले कसैको फाइदा गर्दैन । महिलाहरु यौन शोषणको रिपोर्ट किन गर्दैनन भन्ने यो राम्रो उदाहरण हो । एक पुरुष दशक देखि नराम्रो व्यवहार गर्दै आएको छ । उसको नाम महिलाले लिइन् भने महिलालाई नै झुटो साबित गरिन्छ । यो हाम्रो देशको पुरानै कहानी हो ।’