Thursday, September 24, 2026
Home कृषि विपन्न तथा एकल महिलाहरुलाई कृषी सामग्री वितरण

विपन्न तथा एकल महिलाहरुलाई कृषी सामग्री वितरण

306

जेठ ३०,
रसुवा । महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका अति विपन्न तथा एकल महिलाहरुलाई कृषी सामाग्री वितरण गरेको छ ।

नौकुण्ड गाउँपालिकाका उप प्रमुख सिर्जना लामा, वडाका वाडाध्यक्ष शुक्रमान पाख्रिीन लगायत सहजीकरण समितिका सदस्यहरुको उपस्थितिमा ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई प्रत्येक जनालाई एक समारोहका विच सत्रहजार बराबरको कृषी सामाग्री वितरण गरिएको हो ।

महिलाहरुलाई सामग्री वितरण गर्नु अघि जेष्ठ १० गते देखि १४ गते सम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरुको उपयोगिता सम्बन्धी तालिम प्रधान गरेको थियो । वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टीक, पाइप,हजारी,प्रिङ कल , थोपा सिञ्चाई , पम्प,टनेल फित्ता, कैची, प्राङ्गारीक मल , सुतली डोरी , सेतो प्लाष्टीक,ड्रम , कोको फिट , नर्सरी ट्रेका साथ साथै सात प्रकारका विउविजनहरुको वितरण गरिएको थियो ।

पहिला तालिम र यस पश्चात वितराण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातातरणको सिर्जना हुने हुँदा महिलाहरुको जीबनमा उल्लेख्य सुधार हुने अपेक्षा आफुले राखेको उप प्रमुख लामाले बताए । यस अघि विभिन्न संधसंस्थाले तालिम दिएता पनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरुको व्यवहारत लागु गर्न नपाइने समस्या रहेकोमा अहिले तालिमको साथसाथै सामग्री पाएकोले व्यवाहरत लागु गरी व्यवसायी वन्न र आफ्नो जीवन स्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अति विपन्न महिला बुधमाया थिङले बताईन ।