अडियो सुनेरै दयाहाङ बने ‘आप्पा’

364

जेठ ३०,
काठमाडौँ । फिल्ममा अनुबन्धित हुनु अघि प्रायः कलाकारले स्क्रिप्ट पढ्छन्।त्यसमा चित्त बुझे काम गर्छन्।चित्त नबुझे काम गर्न अनिच्छा जाहेर गर्छन्।तर फिल्म ‘आप्पा’मा अभिनेता दयाहाङ राईले भने अडियो सुनेरै फिल्ममा काम गर्ने मनस्थिति बनाएका थिए ।

फिल्मका निर्देशक अनमोल गुरुङका अनुसार दयाहाङले फिल्मको अडियो सुनेर स्क्रिप्ट मागेका थिए।‘फिल्ममा आप्पाको भूमिकामा दयाहाङ नै उपयुक्र्त पात्र हुन् भन्ने भएपछि मैले झन्डै दुई घन्टाको फिल्मको स्क्रिप्टलाई अडियो फम्र्याटमा उतारेर उहाँलाई पठाइदिएँ।अडियो सुनिसकेपछि उहाँले फोनमा मलाई स्क्रिप्ट पढ्न चाहेको बताउनुभयो’, निर्देशक गुरुङले भने, ‘फिल्ममा दयाहाङले उपयुक्र्त आप्पाको भूमिका निभाउनुभएको छ।धेरैले मलाई आप्पाका लागि अलिक बुढो चरित्र रोज्नुपथ्र्यो नि भन्ने सुझाएका थिए।तर आप्पा बन्नका लागि निश्चित उमेर हुनुपर्छ जस्तो लाग्दैन । निर्देशक गुरुङले फिल्ममा दर्शकले दुई पुस्ताको प्रतिनिधि देख्न पाउने बताए।‘फिल्ममा नयाँ कलाकारद्वय सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चा तथा पाका कलाकार दयाहाङ राई र तुलसी घिमिरेलाई दर्शकले हेर्न पाउनेछन्’, अनमोलले भने, ‘यो फिल्मले नेपाली फिल्म हेर्ने दर्शकको संख्या केही अनुपातमा बढाउँछ भन्नेमा विश्वस्त छु ।’

फिल्मका ‘डेब्यू’ नायक सिद्धान्तराजले फिल्ममा पहिलोपटक अभिनय गर्दा केही अप्ठ्यारो लागेको बताए।‘पहिलोपटक क्यामरा फेस गर्दा म बोल्नै सकिनँ।असिनपसिन नै भएँ’, उनले भने, ‘तर बिस्तारै काम गर्दै गएपछि धेरै सजिलो भयो।अन्य कलाकारहरूले पनि अभिनयको तरिका सिकाउनुभयो ।’ उनले फिल्मको कथा र टिमवर्क पनि राम्रो लागेर फिल्ममा अभिनय गरेको बताए।नवनायिका अल्लोनाले फिल्मको कथा र कलाकार पनि बलियो हुनाले फिल्मलाई दर्शकले रुचाउनेमा आफू आशावादी रहेको बताइन्।‘फिल्मले दर्शकलाई मनोरन्जनसँगै एउटा सन्देश पनि दिन्छ।त्यसकारण पनि फिल्म राम्रो बनेकोमा म ढुक्क छु’, उनले भनिन् । सिनेमा आर्टसँगको सहकार्यमा माउन्टेन स्टोरिज प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलावा तुलसी घिमिरे, अरुणा कार्कीको अभिनय छ।फिल्ममा निर्देशक गुरुङकै कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी। कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ ।nagariknews.