संसद भवनमा काँग्रेस सांसदले ‘ब्लु ‘ फिल्म हेरिरहेछ

503

जेठ २८,
काठमाडौं । कांग्रेसका एक सांसद पोर्न चलचित्र हेर्दाहेर्दै पक्राउ परेका छन् । उनले पक्राउ लगत्तै मिडिायमा आफू ठूलो सड्यन्त्रमा परेको बताए । भारतको ओडिशामा हिजो सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका विधायक नाबा दास पोर्न फिल्म हेर्दाहेर्दै समातिएका हुन् । हिन्दी च्यालनल आजतकका अनुसार चलिरहेको संसदमा सभासदहरुबीच प्रश्नउत्तर भइरहेको थियो । तर, यता कांग्रेस सांसद भने फिल्ममा मस्त थिए ।
उनलाई यस्तो अवस्थामा देख्ने वित्तिकै प्रहरी लगाई पक्राउ गरिएको थियो ।

झारसुगुड़ा क्षेत्रबाट दोस्रो पटक सांसदमा निर्वा्चित दासले आफूले अञ्जानमा पोर्न भिडियो हेर्न पुगेको बताएका छन् । बरु उक्त घटनमा षडयन्त्र भएको दाबी गरे ।
यस विषयमा पक्ष प्रतिपक्ष बीच आरोप प्रत्यारोप उठेको छ । विभिन्न नेताहरुले आफ्ना भनाईहरु सार्वजनिक गरेका छन् । नेता प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको बताएका छन् । उनी बिजेपीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष समेत हुन् । उनले तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन् । यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने बताएको छ । निकै लज्जास्पद घटेको बताउँदै छानविन हुनुपर्ने कांग्रेसका महासचिव सुलोचना दासले बताए ।