Sunday, September 27, 2026
Home अपराध रुपन्देहीको देवदहमा एक युवकको हत्या

रुपन्देहीको देवदहमा एक युवकको हत्या

94

जेठ २६,
बुटवल । रुपन्देहीको देवदह नगरपालिका ८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ। अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको थियो। थापाको मृत्युपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।