चाँगुनारायणका वडा-वडामा ज्येष्ठ नागरिक सम्बन्धि अभिमुखिकरण हुदैं

11

भक्तपुर । चाँगुनारायणनगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेको छ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सेवापहँुच र प्रभावकारी सहयोग सम्बन्धि अभिमुखिकरण सुरु गरेकोे छ ।

चाँगुनारायण नगरपालिकाको वडा नं २, दुवाकोटमा अभिमुखिकरण कार्यक्रम सम्पन्नभएका ेछ । वडाअध्यक्ष सोम प्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले अक्सिजननिः शुल्क रुपमा वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ताविविध कार्यक्रम तथागतिविधिहरु संचालन गरिरहेको जानकारी दिनुभयो । ज्येष्ठ नागरिक मिलन चौतारीहरु आवश्यकता अनुसार गठन र पूर्नगठनगरिएको बताउनुभयो । सहभागि सबैलाई स्वागत गर्नुहुदै सदस्य उमेश प्रधानले ज्येष्ठ नागरिकहरुकालागि आवश्यक योजनाहरु ज्येष्ठ नागरिक मिलन चौतरी मार्फत वडामा पेश गर्नुहुन अनुरोध गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको कार्यालय प्रमुख उमा थापाले ज्येष्ठ नागरिकहरुको लागि परियोजना संचालनको आवश्यकता, महत्वका बारेमा जानकारी गराउनुभएको थियोे । उहाँले परियोजनाकोअन्तर्गत संचालन भईसकेका गतिबिधिहरु साथै भविष्यमा हुनगईरहेको गतिविधिहरुको बारे जानकारी गराउनु भएको थियो ।

चाँगुनारायण नगरपालिकाकाजन स्वास्थ्यनिरिक्षक बलराम तिमिल्सिनाले नसर्ने रोगहरु बारे जनचेतनामुलक प्रस्तुतीकरण गर्नुहुदै नसर्ने रोगहरु कसरी लाग्छन् यस रोगले गर्न सक्ने क्षति र यस बाटबच्ने उपायहरुको बारेमा जानकारी दिनु भएको थियो । सहायकमहिलाविकास अधिकृत खिलाकुमारी मल्लले सामाजिक सुरक्षा भत्ता वितरणप्रक्रियालगायत राष्ट्रिय परिचय पत्रवितरण, निःशुल्क स्वास्थ्य वीमा, ज्येष्ठ नागरिकको सेवा पहँुचमा वृद्धिर प्रभावकारी सहयोगका बारेमा जानकारी दिनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुले परियोजना सञ्चालनका बारेमा जानकारी पाउँदा खुशीब्यक्त गर्नुहुँदै उहाँहरुले भोग्दै आएको कठिनाइहरुको बारेमा पनिअवगत गराउनुभएको थियो । उहाँहरुले नगरपालिकाले प्रदान गरिरहेको स्वास्थ्य सेवालाइ अझ प्रभावकारी बनाउने, घरदैलो स्वास्थ्य परिक्षण, निःशुल्क स्वास्थ्य विमालगायतका विषयमा सुझाव दिनुभएको थियो।

२ नं वडाका वडाअध्यक्ष सोम प्रसाद प्रधानको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वडा सदस्यहरु उमेश प्रधान, राधादेवी गैँडा, सीतामिजार, प्रेम खत्रीवडा, सचिव राधाकृष्ण गेलाल,चाँगुनारायण नगरपालिकाका सहायक महिला विकास अधिकृत खिलाकुमारी मल्ल, जन स्वास्थ्यनिरिक्षक बलराम तिमिल्सिना, परियोजना सहायक संजय अवाल ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष लक्ष्मीभक्त सुवाल, भक्तपुर रेडक्रसको कार्यालय प्रमुख उमा थापालगायत ज्येष्ठ नागरिक मिलन चौतारीका सदस्यहरु, स्वास्थ्य स्वयंसेविका, रेडक्रसदुवाकोट उपशाखाका स्वंसेवकहरु र कर्मचारीहरु गरी ३२ जनाको उपस्थिती रहेको थियो ।
चाँगुनारायण नगरपालिकाका ज्येष्ठ नागरीकहरुको स्वास्थ्यतथा सम्पन्नतामा सुधार ल्याउन सहयोग गर्ने, ज्येष्ठ नागरीकहरुकोलागि आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरीकहरु प्रति समाजले गर्ने कार्य तथा व्यवहारहरुमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्य कालागि संचालन भइरहेको सहारा परियोजना ज्येष्ठ नागरिक मिलनचौतारी मार्फत चाँगुनारायणनगरपालिकाका ९ वटै वडामा संचालन गरिनेछ । अभिमुखि करण कार्यक्रम भाद्र ११ गते वडा नं ३ र ४, भाद्र १२ गते १ र ५, भाद्र १३ गते वडा नं ६ र ७, भाद्र १४ गते ८ र ९ मा गरी दैनिक २ वटावडाका दरले सञ्चालन गरिने दिनेश थापाले जानकारी दिनु भएको छ ।