थाइराइड रोगीले के खाने ?

500

जेठ १७,
काठमाडौँ । शरीरको मेटाबोलिज्म अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक हुन्छ, जुन रोग नभई घाँटीमा हुने ग्रन्थी हो । उक्त हर्मोन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो । सामान्यतया थाइराइड हर्मोनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ । थाइराइडका बिरामीले खानपानमा भने विशेष ध्यान दिनुपर्ने हुन्छ ।

खाने

-दैनिक खानामा ३०–३० प्रतिशत सलाद र उसिनेको खानेकुरा तथा ४० प्रतिशत नियमित खानाको अनुपात मिलाएर खाने हो भने थाइराइडको समस्या कम गर्न सकिन्छ ।
-सलादमा प्याज, काक्रो, गाँजर, भिजाइएको गेडागुडी खान सकिन्छ । त्यस्तै, उसिनेको खानेकुरामा आलु, तरुल र सखरखण्ड आदि खान सकिन्छ ।
-साथै, अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त पानी खानपिउन सकिन्छ । यस्ता खानेकुराले शरीरमा मेटाबोलिज्मको मात्रालाई नियमित गर्न सघाउ पु-याउँछन् ।

नखाने

-सोयाबिन र यसबाट बन्ने खानेकुरा खानुहुँदैन । सोयाबिनको तेलले शरीरमा थाइराइड हर्मोनमा कमी ल्याउँछ ।
-सेतो आटाबाट बनेका पाउरोटी, बे्रेड, पिज्जा र बर्गर आदि ग्ल्युटिन तत्व भएका खानेकुरा सकेसम्म खानुहुँदैन । अझ -औषधि सेवन गरिरहेकाले त ग्ल्युटिनयुक्त खानेकुरा खानैहुँदैन । खाएमा औषधिको प्रभाव घटाउनुका साथै शरीरमा पोषणको कमी हुन्छ ।
-फुलगोभी र बन्दागोभीले शरीरमा आयोडिनको कमी गराउँछ । यसर्थ, आयोडिनको कमीका कारण थाइराइडको समस्या हुने भएकाले यस्ता तरकारी सेवन गर्नुहुँदैन ।
-शरीरमा मेटाबोलिज्मको कमी हुनेले चिनी सेवन गर्नुहुँदैन । त्यस्तै, जंकफुड, तेलमा तारेका मैदाबाट बनेका र प्याकेटका खानेकुरा खानुहुँदैन ।