एकदिवसिय विश्वकप क्रिकेटमा इङ्ल्यान्डको विजयी सुरुवात

104

जेठ १७,
काठमाडौँ । घरेलु टोली इङ्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दी ओभल स्टेडियममा बिहीबार राति भएको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय ४ रनले हरायो । इङ्ल्यान्डले दिएको तीन सय सय १२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सवै विकेट गुमाएर दुई सय ७ रन बनाएको थियो । दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ६८ रन बनाए । भान डर डुसेनले ५०, एन्डिले फेलुक्वायोले २४, हसिम अमलाले १३, एडेन मार्कराम र कागिसो रबडाले समान ११ रन बनाएका थिए । बलिङमा इङ्ल्यान्डमा जोफ्रा आर्चरले तीन विकेट लिए । लियाम प्लन्केट र बेन स्टोक्सले दुई दुई तथा मोइन अली र आदिल राशीदले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्सले ८९ रन बनाए । कप्तान इयान मोर्गनले ५७, ओपनर जोसन रोयले ५४, जोय रुटले ५१, जस बटलरले १८ र क्रिस वोक्स १३ रन बनाएका थिए । दक्षिण अफ्रिकाका लुन्गी निडीले तीन विकेट लिए । कागिसो रबडा र इमरान ताहिरले दुई दुई तथा एन्डिले फेलुक्वायोले एक विकेट लिएका थिए ।