पहिलो र दोस्रो संविधानसभाका सभासद सम्मानित

88

जेठ १६,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरेकी छन् । शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादवलगायत छन् ।

यसैगरी पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, स्व. गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र स्व. सुशील कोइरालाको नाम पनि सम्मानित हुनेहरुको सूचीमा छ । संविधानसभा पदक वितरणका लागि गृह मन्त्रालयले एक हजार १०९ जनाको नामावली सार्वजनिक गरेको थियो । तर, कतिपय व्यक्तिहरु भने पदक ग्रहण गर्न सहभागी भएका छैनन् ।