विद्यालय पुनःनिर्माणमा प्राथमिकता दिन आग्रह

244

चैत ९,
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विद्यालयको पुनःनिर्माणमा ढिलाइ भएको र त्यसमा अभिभावकको श्रमदान आवश्यक परेकाले तिनलाई आह्वान गर्न सरकारलाई आग्रह गरेको छ ।
महासङ्घले पत्रकार सम्मेलन गरी दुई वर्षअघिको भूकम्पबाट तीन हजार दुई सय विद्यालय ध्वस्त भए पनि हालसम्म करिब पाँच सय विद्यालय मात्र बनेकाले तीव्र गतिमा पुनःनिर्माण महाअभियान थाल्न आग्रह गरेको हो । महासङ्घका अध्यक्ष कृष्ण थापाले करिब १० लाख बालबालिका अहिले पनि अस्थायी सिकाइ केन्द्र र कतिपय टहरामा कक्षा चलाउन बाध्य भएको तर्फ सरकार र दातृ निकाय गम्भीर हुनुपर्ने बताए ।