Wednesday, September 23, 2026
Home सूचना प्रविधि चर्चित व्यक्तिका गोप्य डाटा लिक

चर्चित व्यक्तिका गोप्य डाटा लिक

186

अनलाइनखबर
जेठ ८,
लाखौँ सेलिब्रेटी तथा प्रभावशाली व्यक्तिहरुका व्यक्तिगत डाटाहरु इन्स्टाग्राममार्फत लिक भएका छन् ।
भारतको मुम्बइस्थित सोसल मिडिया मार्केटिङ कम्पनी Chtrbox ले ४ करोड ९० लाख भन्दा धेरै हाइ प्रोफाइल इन्स्टाग्राम प्रयोगकर्तााक डाटाबेस लिक गराएको हो । त्यसरी पर्सनल डाटा लिक भएका हाइप्रोफाइल प्रयोगकर्ताहरुमा चर्चित फूड ब्लगर देखि लोकप्रिइ सेलिब्रेटीहरु र सोसल मिडियाका प्रभावशाली व्यक्तिहरु समेत रहेका छन् । टेकक्रन्चले आफ्नो रिपोर्टमा यस बारेमा जानकारी दिएको छ । डाटा लिक भएका प्रयोगकर्ताका फलोअर्सको संख्या, बायो, पब्लिक डाटा, प्रोफाइल पिक्चर, लोकेसन तथा व्यक्तिगत सम्पर्क नम्बर लगायतका जानकारीहरु रहेका छन् ।

समाचार प्रकाशन भएसँगै ऋजबतचदयह ले तुरुन्तै ती डाटाबेसलाई अफलाइन गरिदिएको छ । प्रयोगकर्ताका डाटा एक्सपोज गर्ने ऋजबतचदयह ले आफ्नो अकाउन्टमा प्रायोजित सामाग्रीलाई पोष्ट गर्नका लागि प्रभावशाली व्यक्तित्वहरुलाई पैसा दिने गर्दछ । करोडौँ प्रायेगकर्ताका डाटा लिक भएको खबर सार्वजनिक भएसँगै इन्स्टाग्रामको मातृ कम्पनी फेसबुकले यस विषयमा छानविन भैरहेको जनाएको छ ।
एजेन्सी