आज दिनभर ललितपुरमा विद्युत आपूर्ति बन्द

471

जेठ ४,
ललितपुर । ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा पुरानो विद्युतीय संरचना हटाएर नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले आज बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । पिआईडि फिडर र रेडिायो नेपाल फिड अन्तरगत पर्ने सातदोबाटो इसिमोड, खुमलटार धापाखेल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएका हो । लगनखेल वितरण केन्द्रले विद्युत आपूर्ति बन्द हुने भएको यसबाट ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहेको बताएको छ । साथै उक्त स्थानमा चाडै कार्य सम्पन्न भएमा समय हेरफेर हुन सक्ने समेत जानकारी गराएको छ ।