जेठ ४ देखि १० गतेसम्मको साप्ताहिक राशिफल

109

मेषः
यो साता तपाईंका लागि धेरै नराम्रो देखिँदैन । आज शनिबार धनलाभ, कार्य सफल हुनेछ भने त्यसपछिका दुई दिन त्यति सन्तोषजनक छैनन् । दिनचर्या अस्तव्यस्त हुने, मानसिक तनाव बढ्ने, अपच–झाडापखालाको सम्भावना देखिन्छ । सजग रहनुहोला । तर मंगलबारदेखि बिस्तारै समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्यलाभ, आर्थिक लाभ, सुख–सन्तोष हुुनेछ । राज्यबाट लाभ हुनेछ ।

वृषः
तपाईंका लागि साताका शुरुका दिन लाभदायक छन् भने अन्त्यका दिनहरु फलदायक देखिँदैनन् । सोमबारसम्म पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, मान–सम्मान वृद्धि, इज्जत–प्रतिष्ठामा वृद्धि हुनेछ । त्यसपछिका दिनहरुमा भने खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधुप हुनेछ । अपच, वायु–गानोगोला जस्ता पेटको समस्या नहोला भन्न सकिन्न । आलस्यता बढ्नाले जाँगर हराउला ।

मिथुनः
तपाईंका लागि यो साताका दिनहरु धेरै शुभ फलदायक देखिन्छन् । सानै प्रयासबाट नचिताएका ठूला काम बन्नेछन् । कतैबाट धन, पुरस्कार, उपहार, मिष्ठान्न भोजन प्राप्ति हुने सम्भावना छ । पारिवारिक वा साथीभाइसँग रामै्र जमघट होला । आर्थिक लाभ हुनेछ । वैदेशिक होस् वा स्वदेशमै भए पनि रोमान्टिक यात्रा हुन सक्छ । साताको अन्त्य शुक्रबार भने स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कटः
तपाईंका लागि यस साताको पछिल्ला दिनहरु उत्तम फलदायक छन् । राज्यबाट लाभ होला । इज्जत–प्रतिष्ठामा वृद्धि होला । पढाइ–परीक्षामा सफलता हात लाग्ने देखिन्छ । आर्थिक लाभ हुने सम्भावना छ । खाद्यान्न, भोजनादि वस्तु प्राप्ति होला । तर सोमबारसम्म चाहिँ शारीरिक कष्ट, काममा बाधा, रोगव्याधिको भय, खर्च होला । जुनसुकै कुरामा पनि अलि सावधानी अपनाउनुपर्ने देखिन्छ ।

सिंहः
यो साता आंशिक फलदायक देखिन्छ । साताको शुरु र अन्त्यका दिनहरुमा अलि प्रयास गरेमा आर्थिक लाभ होला । कुनै पनि कुरामा विजय हुने सम्भावना छ । कार्यसिद्धि, मानमर्यादामा वृद्धि होला । तर आइतबारदेखि बुधबारसम्म तनाव, धन हानि, कार्य असफल हुने देखिन्छ । निरर्थक दौडधुप होला । शोकसन्ताप, साथीभाइसँग विवाद हुन सक्छ । सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

कन्याः
साताको पूवार्ध भाग धेरै उत्तम फलदायक छ । धनलाभ, मानसम्मान, समस्या समाधान, बाहन सुख हुनेछ । परीक्षा, खेलकुद, मुद्दामामिलामा विजय हुने सम्भावना छ । लाभकारी यात्राको सम्भावना छ । शुभ समाचार मिल्ला । तर मंगलबारदेखि दिनहरु त्यत्ति फलदायक देखिँदैनन् । रोगको भय, कार्यमा बाधा, आर्थिक नोक्सानी हुने देखिन्छ । राज्यबाट भय, अपयश, प्रतिष्ठामा आँच आउने सम्भावना छ ।

तुलाः
तपाईंका लागि यो साता मध्यम फलदायक छ । आज शनिबार र मंगलबारदेखि बिहीबारसम्मका दिनहरु उत्तम देखिन्छन् । उपहार–कोसेली पाउने, पेसा–व्यवसायबाट सन्तुष्टि मिल्ने, आर्थिक लाभ हुने, मान–सम्मान पाइने, उन्नति–प्रगति हुने देखिन्छ । बाँक दिनहरुमा भने मानसिक अस्थिरता, दौडधुप होला । पेटसम्बन्धी स्वास्थ्य समस्या आउन सक्छ । विवादमा फसिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ला ।

वृश्चिकः
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । साताको शुरु शनिबार रोगव्याधिको भय, धननाश हुने देखिन्छ । साताको मध्यभाग मंगलबार र बुधबार आर्थिक भार बहन गर्न गाह्रो पर्ला । तनाव, सन्ताप, मानसिक अस्थिरता नहोला भन्न सकिन्न । तर बाँकी दिनहरुमा भने आफ्नो बोली बिक्ने हुँदा कार्य सफल हुने देखिन्छ । साथै केही आर्थिक लाभ, उपहारादि वस्तु प्राप्ति होला ।

धनुः
तपाईंका लागि यो साता मध्यम फलदायक छ । मंगलबारदेखि बिहीबारसम्मका दिनहरु धेरै उत्तम फलदायक देखिन्छन् । यो समयमा गरेका कार्यहरु सजिलै सफल होलान् । सम्मान, उपहार, कोसेली पाइने सम्भावना छ । आर्थिक लाभ हुने, उन्नति–प्रगति हुने देखिन्छ । बाँक दिनहरुमा भने अलि बढी परिश्रम गर्नुपर्ने हुन्छ । मानसिक अस्थिरता, दौडधुप होला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकरः
तपाईंका लागि यस हप्ताका धेरैजसो दिनहरु शुभ छन् । आँटेको र अधुरा काम पूरा होलान् । एकपछि अर्को गर्दै सफलताका सिँढीहरु उक्लिने सम्भावना छ । भोजनादि खाद्यान्न सामग्री प्राप्ति होला । साथीभाइ, इष्टमित्रसँग भेटघाट हुने र सो भेटघाटबाट राम्रै उपलब्धि होला । मंगलबारदेखि बिहीबारसम्म भने बढी नै परिश्रम गर्नुपर्ला । आर्थिक नोक्सानी हुने र तनाव सृजना हुने देखिन्छ ।

कुम्भः
यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ । तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ । पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ । राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ । थालनी गरिएका अधुरा काम पूरा हुनेछन् । नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ । शुक्रबार भने चोटपटकको सम्भावना भएकाले सतर्कता रहनुहोला ।

मीनः
तपाईंका लागि साताको धेरैजसो समय फलदायक नै देखिन्छ । हुन त सोमबारसम्म रोगव्याधिको भय, शारीरिक कष्ट, काममा बाधा, आकस्मिक खर्च होला । तर मंगलबारबाट क्रमशः समस्या समाधान हुनेछन् । राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ । राजनीतिमा सफलता, कतैबाट आर्थिक लाभ एवम् खाद्यान्न प्राप्ति हुने सम्भावना छ ।