ग्लोबल आइएमई बैंकको ६ स्थानमा शाखारहित बैंकिङ्ग सेवा

100

बैशाख ३१, काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पाको सुनिल स्मृति गाउँपालिका– ७ तेबाङ्गमा १३३औँ, कैलालीको बर्दगोरीया गाउँपालिका– ४मुढा बजारमा १३४औँ, बाग्लुङ्गको बाग्लुङ्ग नगरपालिका– १४ हटियामा १३५औँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

त्यसैगरी, सिराहाको अर्नामा गाउँपालिका– ३, रामजानकी बजारमा १३६औँ, पाल्पाको पुर्वखोला गाउँपालिका– ४, देवीनगरमा १३७औँ र बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका – ७, रेश नुन्थलामा १३८औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यी ६ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । यसका साथै बैंकले अत्तरीया शाखामा १४५औं ए।टी।एम। पनि सञ्चालनमा ल्याएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।