यस्तो छ रामबाबु गुरुङको ‘कबड्डी कबड्डी कबड्डी’को टिम

251

बैशाख ३१,
काठमाडौँ । रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । सोमबार प्रेसमिट गर्दै फिल्मको सम्पूर्ण कलाकार तथा प्राविधिक सार्वजनिक गरिएको हो । पहिलो र दोश्रो श्रृंखलाको सफलतपछि निर्माण हुन लागेको ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की यथावत छन् भने नायक कर्म र नायिका उपासना सिंह ठकुरी मुख्य भूमिकामा थपिएका छन् । यस्तै कलाकार विल्सन बिक्रम राई र लुनिभा तुलाधर पनि जोडिएका छन् । फिल्म स्वःजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्दमा आधारित रहनेछ ।

बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने फिल्म निर्माणमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार फिल्मका निर्माता हुन् । आउँदो जेठ ५ देखि छायाँकनमा जाने लाई शैलेन्द्रध्वज कार्कीको खिच्नेछन् । ‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन मिति भने तय गरिएको छैन ।

Ramailochha.com