Sunday, October 18, 2026
Home साहित्य कविताः लुटेर मेरो सर्वश्व

कविताः लुटेर मेरो सर्वश्व

138

-बबी शाह,
संसारै मेरो पारेर बिरानु
छाडेर कयौं आशहरुलाई
रोजे तिमीलाई जिवनसाथी

भक्तले इश्वर माथी गरेझैं
बिश्वास गर्थे म तिमीलाई
तर तिमीले आज मलाई
छोडयौ एक्लै बनाई,

मैले तिमीलाई सम्झे सधैं नै
एउटा असल र हितैषी मित्र
तर तिमी रहेछौ स्वार्थी
रहेछ कपट त्यो मन भित्र

लुटेर मेरो सर्वश्व सबै
छाड्यौ विषै पिलाई
कोही आउला मेरो जिवनमा
राख्ला मलाई मन मुटमा
माया गर्ला धेरै नै

बनेर बस्लन सधैं मेरै नै
तिमीझैं स्वार्थी हुदैंन होला
मार्ने आफ्नै बनाई ।।

मण्डनदेउपुर -१, नगरकोट काभ्रे