भक्तपुरमा जारी मेलामा उत्साहजनक सहभागिताः ९० लाखको कारोवार

176

चैत २५,
भक्तपुर । भक्तपुरमा आयोजना भइरहेको बृहत औद्योगिक व्यापार मेलामा ९० लाखको कारोवार भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा आयोजना गरेको पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको ४ दिनमा ३० हजारले अवलोकन गरेको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको मेलामा ६ दर्जन बढि चर्चित गायक गायिका, हास्य व्यङय कलाकार, जादुगरहरुको उपस्थिती जनाएका छन् । सोमबार शिव हमाल, मानश राज, देव राना, ज्योती, दिपक एण्ड व्याण्ड, रितु कँडेल, विनु शाक्यले दर्शक तताए ।
मेलामा मेलामा अटोमोवाईल, अन्तराष्ट्रिय खाना महोत्सव, अन्तराष्ट्रिय स्टल, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल राखिएको छ ।

नेपाली परम्परागत उत्पादित सामग्रीहरु, दैनिक प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल राखिएको मेलाका संयोजक दिपक थापाले जानकारी दिनुभयो । मेलामा हरेक दिन बिभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन हुने आयोजक मध्यपुर व्वाइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिनुभयो । मेला आगामी बैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

भलिबल प्रतियोगिता शुभारम्भ
औद्योगिक, पर्यटन तथा व्यापार मेलामा भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ । प्रतियोगिताको पहिलो खेलमा सूर्यबिनायक युवा क्लवले सिन्धुपाल्चोकको योङ स्टार क्लवलाई सोझो सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । यस्तै अर्को खेलमा एजे स्पोटर््स क्लवले सुवर्णचोक युवा क्लवलाई पराजित गरेको छ । त्यसैगरी थ्रीस्टार एकेडेमीले स्प्रिङडेल स्कुल र एनसिसि ब्वाइजलाई पराजित ग¥यो भने जनप्रेमी कलेजले भक्तपुर योङ सर्कल र टिम फाइभ फिङ्गरलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु.५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।