Monday, September 21, 2026
Home समाचार भारतीय सांसद अल्का लाम्बाको नेपालबारे अपमानजनक टिप्पणी ‘नेपालका चौकीदार चोर हुँदैनन्’

भारतीय सांसद अल्का लाम्बाको नेपालबारे अपमानजनक टिप्पणी ‘नेपालका चौकीदार चोर हुँदैनन्’

139

फागुन २८,
काठमाडौँ -भारतकी एक नेतृले प्रधानमन्त्री मोदीमाथि घुमाउरो व्यंग्य गर्दै नेपालबारे विवादास्पद अभिव्यक्ति दिएकी छिन्।दिल्ली विधानसभाकी विधायक तथा आम आद्‍मी पार्टीकी नेतृ अल्का लम्बाले मंगलबार बिहान ट्विट गर्दै नेपाली भारतका इमानदार चौकीदार हुन् भन्ने आशय व्यक्त गरेकी छिन्।
उनले ट्विटमा यसपालीको लोकसभा चुनावमा भारतीय जनतालाई चौकीदार नभइ प्रधानमन्त्री चुन्न आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘चौकीदार त नेपालबाट पनि ल्याउन सकिन्छ। नेपालका चौकीदार चोर हुँदैनन्।’

उनको अभिव्यक्तिमा मोदीलाई इमान नभएका चौकीदारसँग तुलना गरिएको छ। एकातिर उनले भारतमा नेपालीको हैसियत चौकीदार बन्ने मात्र रहेको भनी अपमानित गर्न खोजेकी छिन् भने अर्कोतर्फ उनले नेपाली इमानदार हुन्छन् भनेर प्रसंशा गर्न खोजेजस्तो पनि देखिन्छ । विद्यार्थी राजनीतिबाट चर्चित बनेकी नेतृ अल्का भारतीय राष्ट्रिय कांग्रेसको राजनीति हुँदै पछिल्लो समय आम आदमी पार्टीबाट राजनीतिमा सक्रिय छिन्।

प्रिय #भारतवासियों
“कृप्या इस बार #प्रधानमंत्री चुनियेगा,#चौकीदार तो #नेपाल से भी मंगवा सकते हैं”.

नेपाल के #चौकीदार #चोर नही होते ;).#LokSabhaElections2019

— Alka Lamba (@LambaAlka) March 12, 2019