समाजकल्याण परिषदका पदाधिकारी बर्खास्त

83

फागुन ९,
काठमाडौंँ– बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उनीहरुले बद्नीयतपूर्ण र कानुनविपरित काम गरेको पाइएकाले पदमुक्त गरिएको जानकारी दिए । फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको छ । साथै बैठकले परिषदमा भएको आर्थिक प्रशासनिकलगायतका अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम कारवाही गर्न छानविन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पठाउने निर्णय गरेको छ ।