अष्ट्रियाकी विदेशमन्त्री काठमाडौंमा

48

फाल्गुण ९
काठमाडौं-अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आएकी छिन् । नेपाल बसाइमा विदेशमन्त्री करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय बार्ता गर्ने कार्यक्रम रहेको छ । यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रमलाई सम्बोधन गर्नेछिन् । विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ । अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । उनको टोली ११ फागुनमा स्वदेश फर्किने कार्यक्रम छ । परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीको निमन्त्रणामा उनी नेपाल आएकी हुन् ।