Tuesday, September 22, 2026
Home स्वास्थ्य देशभरका ५ अस्पताललाई “विशिष्ट विशेषज्ञ अस्पताल”मा स्तरोन्नति गरिने

देशभरका ५ अस्पताललाई “विशिष्ट विशेषज्ञ अस्पताल”मा स्तरोन्नति गरिने

162

फाल्गुण ९
काठमाडौं– सरकारले देशभरका ५ वटा अस्पतालमा विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नति गर्ने निर्णय गरेको कुरा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए। मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार मोरङको कोषी अञ्चल अस्पताल, पर्साको विरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल असप्ताल र डडेलधुरा उपक्षत्रीय अस्पताल, डडेलधुरालाई ुविशिष्ट विशेषज्ञ अस्पतालुका रुपमा स्तरोन्नति गर्ने निर्णय गरिएको हो।

मन्त्रिपरिषद्को निर्णय सुनाउन बिहीबार आयोजित नियमित पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले स्तरोन्नति गरिएका सबै अस्पताल केन्द्र सरकारकै मातहतमा रहने जानकारी दिए। सरकारको निर्णयअनुसार मङ्गलबारदेखि सबै अस्पताललाई “विशिष्ट विशेषज्ञ अस्पताल”का रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी” सबै अस्पतालमा पत्राचार गरिसकिएको छ।

स्तरोन्नति भएपछि अब सबै ५ वटा अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ। केन्द्रीय सरकारबाटै सबै अस्पतालमा ५ सय श्ययाको सेवासुविधा प्राप्त हुनेछ।