डीपीएल : धनगढीको लगातर दोस्रो हार

45

माघ २९,
धनगढी — रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) को तेस्रो संस्करणको दोस्रो दिनको पहिलो खेल सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको सीवाइसी अत्तरियाले ५ विकेट गुमाउँदै ९५ रन बनायो ।

जवाफमा आएको धनगढीले ९ विकेट गुमाइ ९० रन मात्रै बनाउन सक्यो। दुईपटकको च्याम्पियन धनगढीको यो लगातार दोस्रो हार हो। धनगढी सोमबार काठमाडौं गोल्डेन्ससँग ४ विकेटले हारेको थियो।

राजु रिजालले अविजित २६ रन बनाएपनि धनगढीलाई विजय दिलाउन सकेनन्। रोहन मुस्तफा १८, सन्दीप रजाइली र सोमपाल कामी ११ र १० रनमा आउट भए।

अत्तरियाका भुवन कार्कीले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए। त्यस्तै सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ तथा कप्तान दीपेन्द्रसिंह ऐरी र दीपन्द्र रावतले १र१ विकेट लिए।

मंगलबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सीवाइसीका सन्नी पटेलले २८ बलमा ३५ रन बनाइ अविजित रहे। जयकसिन कोल्सावालाले २१, प्रमे तामाङले १२ र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए।

यस्तै बलिङ तर्फ धनगढीका विदेशी खेलाडी रोहन मुस्तफाले २ विकेट लिए। सोमपाल कामी, विपिन खत्री र अमिर हायतले १र विकेट लिए।