Wednesday, September 23, 2026
Home समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारलाई संसदीय उपसमितिको सुझाब, के के छन् सुझाबमा...

स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारलाई संसदीय उपसमितिको सुझाब, के के छन् सुझाबमा ?

261

माघ २३,
काठमाडौँ -संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको स्वास्थ्य उपसमितिले स्वास्थ्य क्षेत्र सुधार गर्न सरकारलाई २७ बुँदे सुझाव दिएको छ।

उपसमितिले विभिन्न २० वटा अस्पतालसँग छलफल गरेर तयार पारेको प्रतिवेदन समितिलाई बुझाएको हो।

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठित उपसमितिले विभिन्न सरकारी तथा निजी अस्पतालको भ्रमण, उपलब्ध कागजात र छलफल गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा देखिएका समस्या र सरकारले गर्नुपर्ने काम उल्लेख गरिएका छन्।

उपसमितिले मंगलबार समितिलाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने उल्लेख छ।

उपसमितिले बुझाएको प्रतिवेदनमा स्वास्थ्य क्षेत्र सुधारका लागि निम्न २७ सुझाब दिएको छ।-स्वास्थ्य खबरपत्रिका