Wednesday, October 14, 2026
Home खेलकुद आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपाललाई कास्य

आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपाललाई कास्य

72

माघ २३,
काठमाडौँ आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् ।

टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई अङ्कको आधारमा हराएर श्रेष्ठ सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनी रुसका आन्द्रि ग्राभोभास्कीसँग पराजित भएको प्रशिक्षक कविराज नेगी लामाले बताउनुभयो ।

सो स्पर्धामा रुसका आन्द्रिले स्वर्ण तथा क्रोएशियाका डामागोज बुझसिचले रजत जिते । श्रेष्ठसँगै इटालीका रिकार्डो जिमेरम्यानले कास्य पदक जिते । विश्व च्याम्पियनशिपमा नेपालले पहिलो पटक पुम्सेमा सहभागिता जनाएको हो । पहिलो सहभागितामै पदक जित्न सफल भएको प्रशिक्षक लामाले जानकारी दिनुभयो । प्रतियोगितामा ६९ मुलुकका ४२५ खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।-रासस