Sunday, September 27, 2026
Home राजनीति नेकपाको भेनेजुयलाबारे अडान कायमै

नेकपाको भेनेजुयलाबारे अडान कायमै

74


माघ २१,
काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले भेनेजुएला प्रकरणबारे पार्टीले यसअघि राखेको धारणा नै आधिकारी भएको स्पष्ट पारेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नीति अनुरुपनै धारणा सार्वजनिक भएको हुँदा त्यसको कुनै खण्डन नभएको बताए ।

‘भेनेजुएला बारेमा पार्टीको स्टेटमेन्ट जारी भैसकेको छ । हाम्रो पार्टीको नीति स्पष्ट छ । त्यसबारे भ्रम र गलत प्रचार नर्गन आजको बैठकले आग्रह गरेको छ’, प्रवक्ता श्रेष्ठले भने,‘ त्यहाँको आन्तरिक मामलामा कसैले हस्तक्षेप नगरोस् । त्यहीँका जनताले नै फैसला गरोस् भन्नेनै पार्टीको आधिकारी धारणा हो ।’

माघ ११ गते अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए ।

त्यस्तै बैठकले सांगठनिक एकीकरणका काम सचिवालयले नै टुंगाउने निर्णय समेत गरेको छ ।

बैठकले स्थायी कमिटी बैठकबाट यसअघि बनेको ९ सदस्यीय कार्यदललाई अहिलेसम्म भएका प्रगतिबारेको प्रतिवेदन मंगलबार सचिवालयलाई बुझाउन निर्देशन दिएको छ ।

प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदल कुन अवस्थामा पुगेको छ, अहिलेसम्म जति प्रगति भएको छ, त्यो मंगलबारसम्म सचिवालयमा पेश गर्न भनेका छौँ । त्यसपछि सचिवालयले के गर्ने भनेर छलफल गरी निर्णय गर्छ । र, स्थायी समितीमा पेश गर्छ ।’

त्यस्तै आजको बैठकले स्थायी समिति बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्दै अन्तिमरुप दिने र पार्टीको राजनीतिक दस्तावेजलाई पनि छिट्टै प्रकाशित गर्ने निर्णय गरेको छ ।