Tuesday, September 22, 2026
Home अन्तर्राष्ट्रिय पैसाको अभाव धान्न ढुकुटीको सुन बेच्दै

पैसाको अभाव धान्न ढुकुटीको सुन बेच्दै

163

माघ १९, भेनेजुएलाका उपराष्ट्रपतिले जनवरी १६ मा टर्कीको कोरमस्थित सुन प्रशोधन केन्द्रको भ्रमण गरेका थिए ।
भेनेजुएलाको सरकारले ढुकुटीको सुन बेचेर भएपनि आवश्यक रकमको जोहो गरिरहेको नयाँ प्रमाणहरू फेला परिरहेका छन्।भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन र आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न आफ्नो स्रोतहरूको बिक्री गर्न थालेका प्रमाणहरू बाहिर आइरहेका छन्। त्यसक्रममा उसले आफ्नो ढुकुटीको सुन बेचिरहेको थप प्रमाण फेला परेको छ। यूएईको आबु धाबी स्थित लगानी कम्पनी नुर क्यापिटलले गत साता मात्रै भेनेजुएलाको केन्द्रीय ब्याङ्कसँग तीन टन सुन किनेको स्वीकार गरेको छ।
रोएटर्स समाचार संस्थाले हेरेको एक वक्तव्यमा नुर क्यापिटलले अब भविष्यमा भेनेजुएलासँग थप कारोबार नगर्ने बताएको छ।