पार्टी नीति र विधिभित्र रहेर कुरा राख्न सांसदहरुलाई ओलीको निर्देशन

86

माघ १८,
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर मात्र संसद्‍मा प्रस्तुत हुन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । नेकपाका सांसदहरुसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दैमा ओलीले पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न सांसदहरुलाई आग्रह गरेका हुन् । सरकारले सही बाटो र सही नीति लिएको दाबी अध्यक्ष ओलीले गरे ।

पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्योल भएको बताउँदै ओलीले चाँडै यो प्रक्रियाले अन्तिम रुप लिनेमा विश्वास दिलाएका थिए। भने, ुत्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन्। त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ।ु

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, सांसदहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरिने बताएका उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई साँसदहरुसँग घनिष्ट सम्बन्ध राख्न पनि आग्रह गरेका छन्। ुकतिपय अवस्थामा मन्त्रीहरु सीधै जनतासँग जोडिन सकेका हुँदैनन्, त्यसका लागि साँसदहरुमार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनताा पठाउने होु प्रधानमन्त्री ओलीले भने।-कान्तिपुर