Sunday, September 27, 2026
Home राजनीति राष्ट्रियसभा बाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

राष्ट्रियसभा बाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

75

माघ १७, काठमाडौं सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबारको राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी गरेको छ। दिउँसो १ बजे बस्ने बैठकबाट चिकित्सा शिक्षा विद्येयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिए। बिहीबार बस्ने बैठकमाअन्य कार्यसूची हटाएर चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची मात्रै राखिएको अर्यालले बताए। अवरोध र होहल्लाबीच प्रतिनिधिसभा बैठकबाट पारित भएको विधेयक राष्ट्रियसभामा भने रोक्ने कांग्रेसको तयारी छ। प्रतिनिधिसभामा प्रतिपक्षीलाई पेलेर पारित गरेको चिकित्सा विधेयक आज राष्ट्रियसभा बैठकमा पनि पेलेरै अघि बढ्ने मनस्थितिमा सत्तापक्ष छ। विधेयक पारित गर्न नदिने र बैठकमा अवरोध गर्ने विषयमा थप रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा संसद अवरोध गर्नेबारे रणनीति बनाउने सचेतक पुष्पा भुसालले जानकारी दिइन्।