Sunday, September 27, 2026
Home खेलकुद नेपाल र यूएई बिचकोे पहिलो टी -ट्वान्टी सिरिज आज

नेपाल र यूएई बिचकोे पहिलो टी -ट्वान्टी सिरिज आज

136

माघ १७,
काठमाडौं नेपाल र यूएईबीचको पहिलो टि ट्वेन्टी क्रिकेट हुँदैछ। खेल बिहीबार नेपाली समयअनुसार दिउँसो पौने ३ बजे दुबईमा हुनेछ। यूएईविरुद्धको तीन एकदिवसीय श्रृंखला २–१ ले जितेको नेपाल तीन खेलको टि ट्वेन्टी श्रृंखला पनि जित्ने दाउमा छ। कप्तान पारस खड्काले एकदिवसीय श्रृंखलाको ऐतिहासिक जितले टिमको मनोबल उच्च भएको भन्दै टि ट्वेन्टी श्रृंखला पनि जित्ने विश्वास व्यक्त गरेका छन्। सन् २०१४ मा टि ट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय टि ट्वेन्टी श्रृंखला जित्न सकेको छैन । यसअघि नेदरल्याण्ड्स र हङकङसँग खेलेको अन्तर्राष्ट्रिय टि ट्वेन्टी श्रृंखला नेपालले गुमाएको थियो। यो श्रृंखला जित्नसके नेपाली क्रिकेट टिमका लागि थप उपलब्धि हुनेछ।
च्भबम mयचभ बतस् जततउस्ररधधध।तजबजबपजबदबच।अयmरलभधकरटज्ञण्द्दघ