डा.केसी टिचिङ अस्पतालको आइसियुमा भर्ना

81

काठमाडौँ, ४ माघ
प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान ३ बजे काठमाडौँ ल्याइएको छ। उनलाई त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पताल लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ।

डा. केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।